शनिबार, माघ ५, २०८१

हुन्डाई नेपालले ल्यायो डिसेम्बर डिलाईट आकर्षक छुट तथा विभिन्न लाभहरुको विशेष उत्सव

नेपालखोज २०८१ मंसिर २४ गते १९:३१

काठमाडौं। नेपालमा हुन्डाई गाडीका आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले डिसेम्बर ९, २०२४ देखि े डिसेम्वर डिलाईट अभियान सुरु गरेको छ । डिसेम्बर १५ सम्म चल्ने यो अभियानमा ग्राहकहरुले विभिन्न आकर्षक छुट तथा विशेष लाभहरुको फाइदा लिन सक्नेछन् ।

Advertisement

डिसेम्वर डिलाईट अन्तर्गत, ग्राहकहरुले छ लाख रुपैंययाँसम्मको छुट, पाँच लाख रुपैंयाँसम्मको एक्स्चेज बोनस र एक वर्षको बिमा सेवा प्राप्त गर्न सक्नेछन् । त्यस्तै, यस अभियानमा जिरो कस्ट अनरसिप प्लान रहेको छ जसमा ग्राहकहरुले आफुलाई मन पर्ने गाडी सजिलै खरिद गर्न सक्नेछन् । साथै ३ वर्षको निःशुल्क चेक–अप, गाडी मर्मत सामाग्रीहरु तथा वास कुपन र ३ वर्षको सर्भिसिङ प्याकेजको पनि लाभ लिन सकिनेछ ।

हुन्डाई नेपालले ग्राहकहरुको अनुभवलाई सधैँझैँ विश्वसनीय र रमाइलो बनाउनका लागि यो अभियानको आयोजना गरेको हो । तसर्थ, देशभरका सो–रुमहरुमा उपस्थित भई यस अभियानको फाइदा उठाउन सबै ग्राहकहरुलाई अनुरोध र प्रोत्साहित गर्दछ । यहि शनिवार, योमरी पुन्ही र उधौली पर्वको अवसरमा नक्साल, भक्तपुर, र थापाथाली सोरुमहरुमा पर्व विशेष कार्यक्रमहरुको पनि आयोजना हुँदै छ ।

प्रतिक्रिया