छुट्टाछुट्टै सवारी दुर्घटनामा १२ जनाको मृत्यु
काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका–४ धन्सारपुल नजिकै बा.१६ च ३१६२ नम्बरको स्कारपियो अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक सिराहा अर्नामा गाउँपालिका–५ बलुवाटोल बस्ने ४० वर्षीय श्रीकुमार यादव समेत ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका ३ जनाको चपुरस्थित हाईवे ट्रमा सेन्टरमा र ५ जनाको सिभिल अस्पताल चपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कारपियोमा सवार अन्य ५ जनाको चपुरस्थित हाईवे ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
बाँकेको जानकी गाउँपालिका–४ बकसपुरस्थित अम्बे स्टिल कम्पनीको कम्पाउन्डमा भे.१ क २०१० नम्बरको क्रेनको ठक्करबाट सुर्खेत गुर्भाकोट नगरपालिका–१३ बस्ने २३ वर्षीय दिपेन्द्र पङ्गालीको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । क्रेन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कास्कीको पोखरा महानगरपालिका–९ न्यूरोडस्थित सडकमा बा.१३ च २५७५ नम्बरको स्कारपियोले ग.१८ प ४९११ नम्बरको स्कुटरलाई सोमबार साँझ ठक्कर दिँदा स्कुटर चालक रूपा गाउँपालिका–४ भाउडाँडा बस्ने २० वर्षीया प्रतीक्षा सिंहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको पद्म नर्सिङ होम न्यूरोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङको सुन्दरहरैंचा नगरपालिका–१ पचामस्थित सडकमा प्रदेश १–०४–००१ च ०१९५ नम्बरको पिकअप गाडीले बा. ९८ प ६७०८ नम्बरको मोटरसाइकललाई सोमबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक बिराटनगर महानगरपालिका–१० बस्ने २४ वर्षीय हर्ष ढकालको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कपिलवस्तुको बाणगंगा नगरपालिका–६ सुठौलीस्थित सडकमा लु.३२ प ३०१ नम्बरको स्कुटर अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका–६ बनकसिया बस्ने २४ वर्षीय निसान न्यौपानेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
विभिन्न धनमाल चोरी
काठमाडौं, मंसिर २५
तार्केश्वर नगरपालिका–४ लोलाङ हरियाली समाज डेरा गरी बस्ने नवलपरासी कावासोती नगरपालिका–३ घर भएकी ३७ वर्षीया संगीता पौडेलको कोठाबाट सुन तथा चाँदीका विभिन्न गरगहना गरी करिब ५ लाख ९८ हजार ८ सय रूपैयाँ बराबरको धनमाल सोमबार बिहान चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया