२०२४ का सबैभन्दा महँगा खलनायक
बलिउड होस् वा साउथ ईन्डियन चलचित्र यो वर्ष दुवै उद्योगले बक्स अफिसमा प्रयाप्त पैसा कमाए। यसक्रममा पुष्पा टु ले भारतिय चलचित्रका सबै पुराना रेकर्ड भत्काएको छ । यद्यपि अझै केही ठूला चलचित्र आउन बाँकी छ । यो वर्ष नायकहरूको तुलनामा खलनायकहरुले दर्शकहरुलाई बढी प्रभावित गरेका छन । साच्चै भन्नुपर्दा यसपटक यस्तो खलनायकी देखियो कि सबैको बोल्ती नै बन्द भयो । केही कलाकार पहिलोपटक खलनायक बनेका थिए जसबाट विशेष केही अपेक्षा थिएन । यद्यपि उनीहरूले पनि सिक्का जमाए ।
फहाद फासिल : यो रिपोर्टको सुरुवात त भंवर सिंह शेखावतबाटै हुनुपर्छ। ‘पुष्पा टु’ ले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ । यो चलचित्रमा अल्लु अर्जुनको अभिनय जति हिट भयो, फहाद फासिलले पनि खलनायक बनेर उत्तिकै हंगामा मच्चाए। फहादमा कमेडी, एक्सन र परफेक्ट खलनायकको कम्बो देखेपछि दर्शकले त्यसको प्रशंसा गरे । रिपोर्ट अनुसार फहाद फासिलले यो फिल्मका लागि ८ करोड भारु पारिश्रमिक लिएका छन् ।
सैफ अली खान : यो नाम वर्ष २०२४ मा लाइमलाइटमा रह्यो । कारण जुनियर एनटीआरको ‘देवरा’। यद्यपि निर्माताहरूले जुन अपेक्षा गरेका थिए देवराको परिणाम त्यस्तो रहेन । तैपनि सैफ अली खानले यसमा खलनायक बनेर राम्रो सफलता हासिल गरे । देवरामा भैराको भुमिका निर्वाह गरे बापत खानले १२-१३ करोड भारु बुझेको बताइन्छ ।
अर्जुन कपूर : इमानदारीपूर्वक भन्नुपर्दा दीपावलीमा यस्तै प्रदर्शन आवश्यक थियो । रोहित शेट्टीले अर्जुन कपूरलाई खतरनाक भिलेन बनाएर ठूलो जोखिम उठाए , तर अर्जुनले पनि सबैको अपेक्षा पूरा गरे । नायकको हैसियतमा उनले जे गर्न सकेनन खलनायकका रूपमा त्यसलाई पूरा गरे । रिपोर्ट अनुसार अर्जुनले ‘सिंघम अगेन’ का लागि ६ करोड भारु पारिश्रमिक लिएका थिए ।
पृथ्वीराज सुकुमारन : यो वर्षको सुरुमै अक्षय कुमारको ‘बड़े मियां छोटे मियां’ प्रदर्शनमा आयो । यो फिल्म नराम्रो सँग पिटियो । यो चलचित्र तयार गर्न पानी सरह पैसा बगाइएको थियो । मास्क म्यान सँग अक्षय कुमार र टाइगर श्राफको दुश्मनी धेरै मंहगो साबित भयो । मास्क म्यानको भूमिकाका लागि पृथ्वीराजले ५ करोड भारु प्राप्त गरेका थिए।
बबी देओल : यद्यपि यी खलनायकका बारेमा सुरुमै चर्चा गरिनु पर्ने थियो, तर कङ्गुवाका रुपमा उनी त्यति धेरै जम्न सकेन । यद्यपि बबी देओल अब अर्को वर्ष धेरै ठूला दक्षिण भारतिय फिल्महरूमा देखिने छन । रिपोर्ट अनुसार बबीले काङ्गुवाका लागि ५ करोड भारु शुल्क लिएका थिए ।
आर माधवन : यो वर्ष आर माधवनले ‘शैतान’ बनेर धेरै ठूलो आतंक सृजना गरे । यो फिल्मले बक्स अफिसमा पनि राम्रो व्यापार गर्यो । अजय देवगनको यो फिल्मका लागि आर माधवनले १० करोड भारु लिएको बताइन्छ । यसका बाबजुद पनि उनी सन् २०२४ को सबैभन्दा महँगो खलनायक बन्न सकेनन्।
कमल हसन : यो वर्षको पहिलो एक हजार करोडको फिल्म थियो ‘कल्की २८९८ एडी ’। दर्शकहरूले यो फिल्मको वास्तविक कथाका लागि अझै कुर्नुपर्नेछ किनभने अहिलेसम्म भिलेनको अनुहार मात्र खुला गरिएको छ, ऊ कति खतरनाक छ भन्ने कुरा अर्को भागका लागि जोगाएर राखिएको छ । यो फिल्ममा कमल हसनले खलनायकको भूमिका निर्वाह गरेका छन् । सुप्रीम यास्किन बन्न हसनले २ करोड चार्ज गरेका छन् । जबकि यसमा उनको भुमिका १० मिनेटको मात्र थियो । यस हिसाबले कमल हसन नै २०२४ को सबैभन्दा महँगा खलनायक साबित भएका छन् ।
प्रतिक्रिया