सोमबार, माघ २८, २०८१

सन् २०२४ का बलिउड चलचित्र

नेपालखोज २०८१ पुष १० गते १५:४७

काठमाडाैं । सन् २०२४ भारतीय सिनेमाका लागि उत्कृष्ट रह्यो। वर्ष २०२४ धेरै फिल्म सार्वजनिक भए भने तिनमा कतिपयले बक्स अफिसमा सफलताको झन्डा गाडे । यसमा रोमान्टिक, हरर तथा कमेडी फिल्महरू समावेश छन्। ‘स्त्री २’ होस् वा ‘मुंज्या’ दर्शकले यी फिल्मलाई निकै मन पराए। यहाँ हामी तपाईंलाई वर्ष २०२४ बक्स अफिसमा धमाल मच्चाउने चलचित्रहरूका बारेमा बताउँदैछौं।

Advertisement

स्त्री टु

सबैभन्दा पहिले हामी राजकुमार राव र श्रद्धा कपूर स्टारर हरर कमेडी ‘स्त्री टु’ का बारेमा कुरा गर्नेछौं, किनभने यो फिल्म थिएटरमा मात्र नभई ओटीटीमा पनि निकै धेरै हेरिएको र मन पराइएको थियो। फिल्मले भारतमा ७४०.२८ करोड भारु तथा विश्वभर ८७४.५८ करोड भारुको व्यापार गर्‍यो ।

भूल भुलैया – ३

दोस्रो नम्बरमा कार्तिक आर्य स्टारर ‘भूल भुलैया -३ ‘ छ जुन अक्षय कुमार स्टारर ‘भूल भुलैया’ को तेस्रो भाग हो । यो फिल्मले भारतमा ३२८.३३ करोड भारुको व्यापार गरेको छ । विश्व बजारको कुरा गर्ने हो भने भुल भुलैया – ३ ले ४१७.५१ करोड भारतिय रुपैयाँको व्यापार गरेको थियो ।

सिङ्घम अगेन

तेस्रो नम्बरमा रहेको रोहित शेट्टीको ‘सिङ्घम अगेन’ ले पनि यो वर्ष बक्स अफिसमा धेरै चर्चा पायो । यो फिल्मले भारतमा २६८.३५ करोड र विश्वभर ३८९.६४ करोड भारतिय रुपैयाँको व्यापार गर्यो ।

फाइटर

यसै वर्ष रिलिज भएको ऋतिक रोशन र दीपिका पादुकोणको फिल्म ‘फाइटर’ को कथाले भारतीयहरूको मन छोयो । यो एक बहु-स्टारर फिल्म थियो, जसले भारतको बक्स अफिसमा २४४.७ करोड र विश्वव्यापी रुपमा ३४४.४६ करोड भारुको व्यापार गर्यो।

शैतान

अजय देवगन र आर . माधवन स्टारर यो थ्रिलर फिल्म दर्शकहरुलाई निकै मन पर्यो। थिएटर पछि यो फिल्म ओटिटिमा पनि धेरै हेरियो र मन पराईयो । शैतानले भारतमा १७७.९६ करोड र विश्वभर २११.०६ करोड भारुको व्यापार गरेको थियो ।

क्रू

करीना कपूर, तब्बु तथा कृति सेननको कमेडी ड्रामा ‘क्रू’ हल्का मनोरञ्जनका लागि उत्कृष्ट मानियो । हलमा यो फिल्म नहेर्नेहरूले यसलाई नेटफ्लिक्समा हेर्न सक्छन् । यो फिल्मले विश्व बजारमा १५७.०८ करोड भारुको व्यापार गरेको थियो ।

तेरी बाहों में ऐसा उलझा जिया

शाहिद कपूर र कृति सेननको फिल्म ‘तेरी बाहों मे ऐसा उलझा जिया’ एउटा रोमान्टिक ड्रामा फिल्म हो, जसमा एक मानिसलाई रोबोटको प्रेममा देखाइएको छ। यो फिल्मको कथा एकदमै फरक थियो र यही कारणले धेरैलाई मन पर्यो । यो फिल्मले भारत र विश्वव्यापी रूपमा १३३.६४ करोड भारु संकलन गरेको थियो ।

मुंज्या

‘मुंज्या’ क्षेत्रीय चलचित्र हो। यो हरर – कमेडी फिल्म हो जसले विश्वभर १३२.१३ करोड भारु कमाएको थियो । यसले थिएटर बाहेक ओटीटीमा पनि राम्रो प्रतिक्रिया पाएको थियो । यो चलचित्र ओटीटीको हटस्टार प्लेटफर्ममा हेर्न पाइन्छ ।

ब्याड न्युज

विक्की कौशल र तृप्ती ढिमरिको फिल्म ‘ब्याड न्यूज’ एक सस्पेन्सफुल ड्रामा हो जसलाई भारतीय दर्शकले निकै उत्साहका साथ हेरेका थिए । यो फिल्मले भारत र विश्वव्यापी रूपमा ११५.७४ करोड भारुको व्यापार गरेको थियो ।

आर्टिकल ३७०

यामी गौतम अभिनीत फिल्म ‘आर्टिकल ३७०’ राजनीतिक ड्रामा श्रेणीको चलचित्र हो जसले यो वर्षको सबैभन्दा धेरै कमाउने फिल्मको सूचीमा परेको छ । यो फिल्मले विश्वभर ११०.५७ करोड भारु कमाएको छ भने भारतमा ९८.०६ करोड भारुको व्यापार गरेको छ ।

प्रतिक्रिया