लुम्बिनी प्रदेशसभा : प्रदेश प्रमुखले सन्देशसहित फिर्ता पठाएका विधेयक पेश हुने
नेपालखोज
२०८१ पुष १७ गते १०:५७

काठमाडाैं । लुम्बिनी प्रदेशसभा पाँचौँ अधिवेशनको दोस्रो बैठक बुधबार बस्ने भएकाे छ । आज दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।
बैठकमा प्रदेश प्रमुखले सन्देश सहित फिर्ता पठाएको दुईवटा विधेयक सम्बन्धी प्रस्ताव पेश हुने प्रदेश सभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले सभामा विधेयक सम्बन्धी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।
यस्तै, प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्मीले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश गर्ने र प्रदेशसभा सदस्यले समसामयिक विषयमा विशेष समयमा बोल्ने सम्भावित कार्यसूचीमा समावेश गरिएको छ ।
सम्बन्धित

प्रतिक्रिया