भीम रावलले आज पत्रकार सम्मेलन गर्दै

नेपालखोज २०८१ पुष १७ गते ११:२८

काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका डा. भीम रावलले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।

आगामी राजनीतिक योजनाबारे जानकारी गराउन रावलले आज दिउँसो १ बजे काठमाडौंको कार्की ब्याङ्क्वेटमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

रावललाई गत पुष १० गते एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । त्यसपछि पार्टी गठनको तयारीमा जुटेका रावलले राजनीतिक भेटवार्तालाई तीव्रता दिँदै आएका छन् ।

रावलले सामाजिक सञ्जालमार्फत परिवर्तित राजनीतिक परिस्थिति र सम्भावित भविष्यबारे हुने पत्रकार सम्मेलनमा उपस्थितिका लागि संचारकर्मी, शुभेच्छुक तथा जिज्ञासुलाई आमन्त्रण गरेका छन् । आजको पत्रकार सम्मेलनपछि मेची-महाकाली अभियान चलाउने उनको योजना छ ।

प्रतिक्रिया