सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

नेपालखोज २०८१ पुष १७ गते ११:४७

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । भने चाँदीको स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ हजार ४०० रुपैयाँ बढेर १ लाख ५१ हजारमा काराेबार भएकाे छ । मंगलबार १ लाख ४९ हजार ६०० मा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य १ हजार ७६५ रूपैयाँमा कारोबार भएको महासंघले जनाएकाे छ ।

प्रतिक्रिया