करिब १६० किलो गाँजासहित तीन जना पक्राउ

काठमाडाैं । मोरङको जहदा गाउँपालिका-१ धुनीबस्तीबाट करिब १५५ किलोग्राम लागूऔषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले मंगलबार राति सुनसरी धरान उपमहानगरपालिका-१२ बस्ने २४ वर्षीय राहुल विक र धनकुटा सहिदभूमि गाउँपालिका-६ बस्ने १९ वर्षीय सुरज राईलाई पक्राउ रहेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय मोरङ समेतबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको को.१ च ९५८२ नम्बरको स्कारपियोलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी स्कारपियो चालक राहुल र स्कारपियोमा सवार सुरजलाई पक्राउ गरेको हो ।
यस्तै, सप्तरीको राजगढ गाउँपालिका-३ झौहरा चोकबाट ५ किलोग्राम लागूऔषध गाँजासहित महादेवा गाउँपालिका-८ बस्ने २४ वर्षीय देबेन्द्र कुमार मण्डललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी झुट्कीबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको प्र.२-०१-००३ प ८७३८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया