माछापुच्छ्रे बैंक र माछापुच्छ्रे क्यापिटलद्धारा वित्तीय साक्षरता

नेपालखोज २०८१ पुष १७ गते १३:०१

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको कपन शाखा र माछापुच्छ्रे क्यापिटल लिमिटेडले कपन बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेका छन् ।

यही पुस १६ गते मंगलबार, युवा विद्यार्थीमा लगानी सम्बन्धी सचेतना प्रदान गर्ने तथा लगानीको महत्त्व बुझाउने उद्देश्यले बुढानीलकण्ठ नगरपालिका-१० स्थित कपन बहुमुखी क्याम्पस, आकाशे धारा कपन, काठमाडौंमा स्नातक तहमा अध्ययनरत विद्यार्थीका साथै क्याम्पसका कर्मचारी तथा शिक्षक वर्गलाई लगानी तथा वित्तीय जनचेतना सम्बन्धी प्रारम्भिक शिक्षा तथा सचेतना प्रदान गरेको गरिएको हो ।  

माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लिक लिमिटेड कम्पनीको रूपमा स्थापित धितो पत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितो पत्र बोर्ड मार्फत धितो पत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।  

प्रतिक्रिया