रिलायबल नेपाल लाइफका ग्राहकले अन्नपूर्ण केबलकारमा ३० प्रतिशत  विशेष छुट पाउने

नेपालखोज २०८१ पुष १७ गते १३:३८

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको अभिकर्ता, कर्मचारी र पोसिली होल्डरसङलाई पोखरामा रहेको अन्नपूर्ण केबल कारमा उपलब्ध हुने सेवा सुविधामा ३० प्रतिशत  विशेष छुट पाउने भएका छन् । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र अन्नपूर्ण केबलकारबीच भएको दुई पक्षीय समझदारी अनुसार यस्तो व्यवस्था गरिएको हो ।

सम्झौतामा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र अन्नपूर्ण केबल कारको तर्फबाट संञ्चालक चन्द्र बहादुर कार्कीले समझदारीमा हस्ताक्षर गरेका छन् ।

कम्पनीले जीवन बिमा कारोबार सुरु गरेको ७ वर्ष पुरा गरी आठौँ वर्षमा प्रवेश गरेको छ साथै कम्पनीप्रति विश्वास गरी बिमालेख खरिद गर्नै ७० लाख भन्दा बडी बीमित रहेका छन् । अन्नपूर्ण केबल कार सँगको यस समझदारीले इन्स्योरेन्सका ग्राहकले लिने सेवा तथा सुविधामा विशेष सहुलियत पुग्ने रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले जनाएको छ ।

कम्पनीले बिमा क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्दै महत्त्वपूर्ण भूमिका खेलेको छ । 

प्रतिक्रिया