बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंक ले आज बुधबार पनि बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । कर्जाको मागमा संकुचन आउँदा बैंकिङ प्रणालीमा अधिक तरलता बढेसङै राष्ट्र बैंकले आज मौद्रिक उपकरण बिक्री गरेर उक्त परिमाणमा रकम तान्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार आज अपराह्न दुई बजेसम्ममा बोलकबोलको माध्यमद्वारा उक्त परिमाणमा रकम तानिने छ । परिपक्व हुने अवधि २१ दिन तोकिएको यो उपकरणको सावाँ व्याज भुक्तानी मिति माघ नौ गते तोकिएको छ ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले खरिद गर्न सक्ने गरी यो निक्षेप उपकरण बिक्री गर्न लागिएको हो ।
खरिदकर्ताले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा विशेष भाग जाने गरी कुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्नेछ । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाइनान्स कम्पनीमा धितोकोरुपमा समेत राख्ने सकिने राष्ट्र बैंकको भनाई छ ।

प्रतिक्रिया