काठमाडौंमा ’लिटल आइडल नेपाल २०२४ (सिजन ५)’ सम्पन्न

काठमाडौं । नेपाली मञ्चमा बालबालिकाको आत्मविश्वास र रचनात्मकताको उज्यालो यात्रालाई निरन्तरता दिँदै ट्रेबल फेसन कन्सर्नले आयोजना गरेको सौन्दर्य प्रतियोगिता लिटिल आइडल नेपाल २०२४ सिजन ५ सम्पन्न भएको छ ।
शनिवार काठमाडौंमा एक समारोहकाबिच सम्पन्न भएको सो प्रतियोगितामा जुनियर गल्स, सिनियर गल्स, र ब्वाइजका गरी तीन समूहका प्रतिभावान् प्रतिस्पर्धीहरूबिच कडा प्रतिस्पर्धा भएको थियो । विभिन्न सेक्सनमा भएको प्रतियोगितामा जुनियरतर्फबाट इभेन्जल मगरले विजेता हासिल गरे । अल्विशा श्रेष्ठ फस्ट रनर अप भयो भने छिरिङ शेर्पा सेकेन्ड रनर अप बनिन्। सिनियर गल्सतर्फ अभिश्री जोशी श्रेष्ठ विजेता घोषित भइन् भने एन्जल पोखरेल फस्ट रनर अप र आर्याना लामा सेकेन्ड रनर अप बनिन् । ब्वाइज समूहमा मनन जंग कार्कीले उपाधि जिते भने विश्वास सुवेदी फस्ट रनर अप र हितेशराज यादव सेकेन्ड रनर अप बने ।
हरेक बालबालिकामा कुनै न कुनै प्रतिभा लुकेको हुन्छ र ऊ आफैमा विशिष्ट पनि हुन्छ यही सत्यलाई उजागर गर्दै लिटल आइडल नेपाल २०२४ सिजन ५ को प्रतियोगीताले बालबालिकाको प्रतिभाको यात्रा सपनाबाट उपाधिसम्म पुर्याएको छ । लिटल आइडल नेपाल २०२४ सिजन ५ मा बालबालिकाहरूले आफ्नो प्रतिभा, आत्मविश्वास, र रचनात्मकतालाई रङ्गमञ्चमा उतार्ने अवसर पाएका छन्। जसले गर्दा प्रतियोगीताले नयाँ पुस्ताको भविष्यप्रति सबैलाई आशावादी बनाएको छ ।
प्रतियोगितामा जसरी जुनियर गल्र्स समूहमा इभेन्जल मगर, सिनियर गल्र्सतर्फ अभिश्री जोशी श्रेष्ठ, ब्वाइज समूहमा मनन जंग काकीले उपाधि जित्दै आफ्नो नाम सधैँका लागि सुनौलो अक्षरमा लेख्न सफल भएका छन् । त्यसैगरि अन्य प्रतियोगीहरूले पनि आफ्नो प्रतिभालाई पहिचान गरी सुनौलो भविष्यको पथमा अगाडि बढ्न सो प्रतियोगिताबाट प्रेरणा मिलेको छ । त्यसो त प्रतियोगितामा विजेता हासिल गरेका प्रतियोगिहरुको यात्रा सजिलो थिएन। कठोर प्रतिस्पर्धा, तयारी, र प्रस्तुतिको पृष्ठभूमिमा बसेर दिएको परिश्रमको नतिजा थियो। निर्णायक मण्डलमा अनुभवी हस्तीहरू अमिशा ओली, मनिष शाक्य, बिमला लामा, डेविल सिंह राजपूत, र पूजा काफ्ले रहेका थिए ।
कार्यक्रममा विजेताहरूलाई ट्रफी, प्रमाणपत्र, तथा आकर्षक पुरस्कार प्रदान गरिएको थियो।बालबालिकाको प्रतिभा पहिचान गर्दै उनीहरूलाई भविष्यमा सक्षम र आत्मनिर्भर बन्न प्रेरित गर्ने उद्देश्य अनुरुप गरिएको सो प्रतियोगिताको फाइनलमा विविध सांस्कृतिक र प्रेरणादायी गतिविधिहरू प्रस्तुत गरिएका थिए । कार्यक्रममा प्रतिस्पर्धीसँगै सांस्कृतिक नृत्य र सङ्गीत प्रस्तुत गरिएको थियो।
बालबालिकाको प्रतिभा पहिचान गर्ने उद्देश्यले संचानल गरिएको लिटल आइडल नेपालले बालबालिकाको प्रतिभा मात्र होइन, उनीहरूको आत्मविश्वास र रचनात्मकतालाई एक महत्पूर्ण स्थानमा प्रस्तुत गर्ने अवसर प्रदान गरेको छ। सोही अनुरुप ट्रेबल फेसन कन्सर्न प्रा.लि.ले विगत लामो समयदेखि नेपालका बालबालिकाको प्रतिभालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन प्रयास गरिरहेको छ ।
बाल्यकालका सपनाहरूको महत्वलाई उजागर गर्दै प्रतियोगिताले सपना देख्ने उमेर कहिल्यै सकिँदैन भन्ने एउटा महत्त्वपूर्ण सन्देश दिँदै लिटल आइडल नेपाल २०२४ले प्रतिभाशाली बालबालिकाको भविष्य निर्माणमा महत्पूर्ण कदम चालेको अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ बताए।
कार्यक्रममा स्त्री रोग विशेषज्ञ डाक्टर भोला रिजाल, हास्य कलाकार किरण केसी , लोक गायिका शिला आले ,सञ्चारकर्मी लगायत गोकरणेश्वर नगरपालिकाका विशिष्ट व्यक्तिहरूलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया