भूकम्पविद् शिव सुवेदीको नयाँ गीत ‘फेरियौ मायालु’ सार्वजनिक
काठमाडौं । चर्चित गीतकार तथा भूकम्पविद् डा. शिव सुवेदीको नयाँ गीत ‘फेरियौ मायालु’ सार्वजनिक भएको छ । यस गीतमा गायिका समीक्षा अधिकारी र गायक कुशल बेलवासीको आवाज रहेको छ । सुवेदीले प्रेम र वियोगका भावनालाई मार्मिक रूपमा शब्द लेखन मार्फत मन छुने गीत रचना गरेका छन् ।
गीतकार सुवेदी समाजमा घटिरहेका सत्य घटनालाई आफ्ना गीतमा उतार्न खप्पिस छन् र उनका गीतले सधैँ श्रोताको मन जित्ने गरेका छन् । ‘फेरियौ मायालु’ पनि यस्तै एउटा प्रेम वियोगात्मक कथामा आधारित गीत हो ।
विनोद बाजुरा लीको सङ्गीत संयोजन रहेको यस गीतको भिडियोलाई विनोद भण्डारीले निर्देशन गरेका हुन् । भिडियोमा स्मारिका ढकाल अनिल पौडेल र सुरेश कोहलीले अभिनय गरेका छन् । गीत रिलिज भएको छोटो समयमा नै युट्युबमा राम्रो प्रतिक्रियासहित धेरै श्रोता दर्शकको मन जितेको छ।
भूकम्पविद् भएर पनि गीतकारको रूपमा बेग्लै पहिचान बनाएका डा। सुवेदीका दर्जनौँ गीत लोकप्रिय छन् । उनका गीतमा सामाजिक सन्देशसँगै प्रेम, विरह, मायाजस्ता भावनालाई मार्मिक रूपमा उतारिएको हुन्छ । गीतको म्युजिक भिडियो शिव सुवेदी च्यानलमा हेर्न पाइन्छ ।
प्रतिक्रिया