नेपाल बैंक र बुद्ध एयर बिच सम्झौता
काठमाडाैं । नेपाल बैंक र बुद्ध एयर बिच सम्झौता भएको छ । नेपाल बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकलाई बुद्ध एयरबाट प्रदान गरिने हवाई सेवा र कार्गो सर्भिसका विभिन्न शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।
सो सम्झौता बमोजिम बुद्ध एयरबाट प्रदान गरिने विविध सेवामा लाग्ने शुल्कमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र नेपाल बैंकका ग्राहकलाई टिकट शुल्कमा ८ प्रतिशत र नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीलाई कार्गो सर्भिसमा ३० प्रतिशतले छुट हुने भएको छ ।
सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र बुद्ध एयरको तर्फबाट मार्केटिङ निर्देशक रुपेश जोशीले हस्ताक्षर गरेका छन् ।
यसबाट नेपाल बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकले बुद्ध एयरबाट प्रदान गरिने हवाई साथै कार्गो सर्भिसका विभिन्न शुल्कमा विशेष छुट सहित प्राप्त हुने सेवा वाट लाभान्वित हुन सक्नेछन् ।
प्रतिक्रिया