शनिबार, माघ २६, २०८१

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नेपालखोज २०८१ पुष २८ गते १०:५७

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेकाे छ ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १६०० रुपैयाँ बढेर १ लाख ५५ हजार ७०० रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५४ हजार १०० रुपैयाँ कायम भएको थियो ।

यसैबिच चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज १ हजार ८६० रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ । शुक्रबार तोलामा १ हजार ८४५ रुपैयाँ कायम भएको थियाे ।

प्रतिक्रिया