शनिबार, माघ २६, २०८१

२५ अंकले घट्याे नेप्से, तीन अर्ब ९९ करोडको कारोबार

नेपालखोज २०८१ पुष २८ गते १५:३७

काठमाडाैं । साताको पहिलो कारोबारको दिन शेयर बजार परिसूचक नेप्से २५.४१ अंक अंकले घटेको छ । आज नेप्से २५.४१ अंकले घटेर २ हजार ६०९.६७ बिन्दुमा रोकिएको हो ।

Advertisement

आज ३०१ वटा कम्पनीको ४६ हजार ६१४ पटकको कारोबारमा ८० लाख २१ हजार ६३१ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम तीन अर्ब ९९ करोड ७९ लाख ९ हजार ३२३ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ समूहको शेयर भएका छन् । कारोबार भएका सबै समूहको सूचक घटेर नेप्से आज राताम्मै भएको छ । जसमध्ये आज वाणिज्य बैंक समूहको सूचक ११.९८ अंकले घटेर १ हजार ३७२.६२ अंकमा पुगेको छ ।

जलबिद्युत समूहको सूचक ५२.९१ अंकले घटेर तीन हजार ६२१.७० अंकमा पुगेको छ । जीवन बिमा समूहको सूचक १५.६४ अंकले घटेर १२ हजार ७०४.७५ अंकमा पुगेको छ । निर्जीवन बिमा समूहको सूचक ९२.३१ अंकले घटेर १२ हजार ४८६ .९८ अंकमा पुगेको छ ।

यसैगरी बिकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समूहको सूचक आज घटेका छन् ।

नेप्सेमा आज वीन लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाउँदा ङादी ग्रुप पावर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।

प्रतिक्रिया