शनिबार, माघ २६, २०८१

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको आठौँ वार्षिक साधारण सभा सम्पन्न

नेपालखोज २०८१ पुष २९ गते १५:१५

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

Advertisement

संस्थाको संस्थाको अध्यक्ष विष्णुकुमार घिमिरेको अध्यक्षतामा सहमति (संस्था) विजय चोक, गैंडाकोट नवलपरासीमा सोमबार संस्थाले बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

संस्थाका कम्पनी सचिव तथा नायव प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तले सभा संचालन गरेकी थिईन भने उपस्थित सञ्चालक, अतिथि र सम्पूर्ण शेयरधनीलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीण कुमार लामाले स्वागत गरेका थिए ।

साधारण सभाले मुख्यतया आर्थिक वर्ष २०८०/८१ सम्मको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, मर्जर तथा एक्युजिशन सम्बन्धी प्रस्ताव र आगामी आर्थिक वर्ष २०८१/८२ को लागी लेखारीक्षकको नियुक्ति, सम्बन्धी प्रस्तावहरु पारित गरेको थियो ।

प्रतिक्रिया