शनिबार, माघ २६, २०८१

दोहोरो अंकले घट्यो नेप्से, छ अर्ब ६५ करोडकाे काराेबार

नेपालखोज २०८१ पुष २९ गते १५:२७

काठमाडौं । नेप्से दोहोरो अंकले घटेको छ । आज सोमबार १५.५४ अंकले घटेर २ हजार ५९४.१३ अंकमा खुम्चिएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि २.५६ अंकले घटेर ४४१.४२ अंकमा अंकमा खुम्चिएको छ ।

Advertisement

नेप्सेमा आज ३२२ कम्पनीको ६४ हजार २७८ पठकको कारोबारमा एक करोड ३८ लाख ७० हजार ५७९ कित्ता शेयर खरिद-बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम ६अर्ब ६५ करोड आठ लाख १३ हजार १०३ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ समूहको शेयर कारोबार हुँदा सबै समूहको सूचक घटेर नेप्से पुरै रातो भएको छ । जसमध्ये वाणिज्य बैंक समूहको सूचक ४.८१ अंकले घटेर १ हजार ३६७.९० अंकमा पुगेको छ । जलबिद्युत समुहको सुचक पनि १८.०४ अंकले घटेर तीन हजार ६०३.६५ अंकमा पुगेको छ ।

जीवन बिमा समूहको सूचक ६४.२७ अंकले घटेर १२ हजार ६४०.४८ अंकमा पुगेकोमा निर्जीवन बिमा समूहको सूचक ३.०५ अंकले घटेर १२ हजार ४८३.९३ अंकमा पुगेको छ । विकास बैंक, फाइनान्स, होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समूहको सूचक आज उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज बाराही हाईड्रोपावर कम्पनी लिमिटेडले सबैभन्दा बढी कमाउँदा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको भने आज सबै भन्दा बढी रकम कारोबार भएको छ ।

प्रतिक्रिया