शनिबार, माघ २६, २०८१

महालक्ष्मी विकास बैंंकको २३ औँ वार्षिक साधारण सभा सम्पन्न 

नेपालखोज २०८१ पुष २९ गते १७:०२

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको २३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा सोमबार एलिस रिसेप्सन, सुवर्ण सम्झेर मार्ग, गैह्री धारा, काठमाडौँमा बैंकले वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।  

Advertisement

सो अवसरमा २०८१ साल आषाढ मसान्तको वासलात तथा आ.ब. २०८०/०८१ को नाफा नोक्सान हिसाब एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा/नोक्सान बाँडफाँड हिसाब, ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएका छन् ।

यसैगरी वार्षिक साधारण सभा मार्फत सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत अनुमोदन भएको छ । यस अन्तर्गत आ.व.२०८०/०८१ को वितरणयोग्य मुनाफा रकमबाट हाल कायम रहेको चुक्ता पुँजीको चार प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर प्रयोजनार्थ समेत) तथा ३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित भएको हो ।

आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ को अन्त्य सम्म बैंकका समग्र वित्तीय परिसूचकमा सकारात्मक परिवर्तन देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा ३७.७५ करोड रूपैयाँ खुद मुनाफा रहेकोमा ३३ प्रतिशत नाफा वृद्धि गर्दै आर्थिक वर्ष २०८०/८१ मा खुद नाफा ५०.०३ करोड रूपैयाँ पुगेको छ ।

आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा प्रति सेयर आम्दानी १२ रूपैयाँ, पुँजी पर्याप्तता अनुपात १४.९३ प्रतिशत, शेयर धनी कोषमा प्रतिफल ७.४२ प्रतिशत तथा लाभांश दर ७.०० प्रतिशत रहेको छ । 

सभाका अध्यक्ष राजेश उपाध्यायले शेयर धनी महानुभावबाट प्राप्त सल्लाह सुझावलाई आत्मसात् गर्दै  बैंकले ग्राहकको सन्तुष्टि एवं लगानीको उचित प्रतिफल प्रदान गर्न बैंकका क्रियाकलापलाई थप परिमार्जन तथा विशिष्टीकरण गर्दै अझ बढी सक्षमताका साथ गुणस्तरीय वित्तीय सेवा प्रदान गर्न प्रतिवद्घता व्यक्त गरे ।

साथै शेयर धनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षले पुर्‍याएको सहयोगको लागि धन्यवाद ज्ञापन गरेका थिए । 

प्रतिक्रिया