शनिबार, माघ २६, २०८१

कृषि विकास बैंकको १८ औँ वार्षिक साधारण सभा सम्पन्न

नेपालखोज २०८१ पुष २९ गते १६:०८

काठमाडौं । कृषि विकास बैंकको १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले सोमबार बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा वार्षिक साधारण सभा सम्पन्न गरेको हो । 

Advertisement

सभामा बृहत कार्य सञ्जालद्वारा आफ्ना बस्तु/सेवालाई देशका अति दुर्गम देखि सुगम ठाउँमा २८२ वटा शाखामार्फत आधुनिक बैकिङ सेवा पुर्याउन सफल भएको तथा नेपालका वाणिज्य बैंक मध्ये कृषिमा सबै भन्दा बढी लगानी गरेको बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बताए । 

सभामा वक्ताको रूपमा भाग लिएका शेयर धनीले उठाएका जिज्ञासाका सम्बन्धमा सञ्चालक समिति अध्यक्ष पुडासैनीले स्पष्ट पार्नुका साथै शेयरधनीबाट प्राप्त सुझावलाई नियमानुसार कार्यान्वयन गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरे ।

शेयरधनीको बाक्लो उपस्थिति रहेको उक्त साधरणसभामा विभिन्न निकाय/संघ/संस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारी र बैंक सञ्चालक समितिका सदस्य क्रमशः दीर्घाराज मैनाली, डा.हरि बहादुर के.सी., गोविन्द प्रसाद भट्टराई, सञ्जीव पौडेल, विनोद कुमार गुरागाईँ, श्रीमती रीता सुवेदी र प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको उपस्थिति रहेको थियो ।

साधारण सभाको सञ्चालन बैंकका कम्पनी सचिव हिमलाल पौडेलले गरेका थिए ।   

प्रतिक्रिया