रवि लामिछानेको थुनछेक बहस आज पनि ‘हेर्दाहेर्दै’मा
नेपालखोज
२०८१ पुष २९ गते १६:३१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस आज पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ ।
काठमाडौँ जिल्ला अदालतमा काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति लामिछानेको थुनछेक बहस आज पनि नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको हाे ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा आज लामिछानेतर्फका २ जना र सरकारी वकिल ९ जनाले बहस गरे । लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गरेका हुन् ।
यस्तै सरकारी वकिलको तर्फबाट न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल, चन्द्र सञ्जेल, सन्तोष राज कटुवाल, राधिका सुवाल, विना खड्कासहित ९ जनाले बहस गरेपनि सबैको बहस नसकिएकाले मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको हो ।
सम्बन्धित
प्रतिक्रिया