शुक्रबार, माघ २५, २०८१

तीनपोखरी कप फुटबलको फाइनलमा झापा र खाँदबारी भिड्दै

नेपालखोज २०८१ पुष २९ गते २०:३७

खाँदबारी (सङ्खुवासभा) । यहाँस्थित खाँदबारीमा जारी दोस्रो तीनपोखरी आमन्त्रित कप फुटबलको फाइनलमा झापाको चुलाचुली क्लब प्रवेश गरेको छ । चुलाचुलीले मङ्गलबार हुने फाइनल खेलमा आयोजक तीनपोखरी क्लबसँग प्रतिस्पर्धा गर्नु पर्नेछ ।

Advertisement

आज खाँदबारी रङ्गशालामा भएको दोस्रो सेमीफाइनलमा एपिएफ कोशी प्रदेशलाई टाइबे्रकरमा ४–२ गोलले हराउँदै चुलाचुली फाइनलमा पुगेको हो । निर्धारित समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेल टाइबे्रकरमा पुगेको थियो ।

फाइनलमा पुगेको आयोजक तीनपोखरी क्लबले मोरङको बुल्स ११ लाई १–० गोलले हराएको थियो । प्रतियोगितामा आठ क्लब सहभागी थिए । प्रतियोगिताको विजेताले ट्रफीसहित नगद रु दुई लाख २५ हजार प्राप्त गर्नेछ । उपविजेताले नगद रु एक लाख १० हजार पाउने छ । रासस

प्रतिक्रिया