शनिबार, माघ २६, २०८१

माघी पर्वले सामाजिक, सांस्कृतिक सद्भाव कायम गर्नमा महत्वपूर्ण भूमिकाः उपसभामुख राना

नेपालखोज २०८१ माघ १ गते ११:५२

काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले माघे सकराँती-माघी पर्वले सबै जातजाति तथा समुदायका बीचमा सामाजिक, सांस्कृतिक सद्भाव एवं भावनात्मक एकता कायम गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएकी छिन् ।

Advertisement

उपाध्यक्ष रानाले आज शुभकामना सन्देश जारी गर्दै थारू समुदायको महान् चाड माघी पर्व तथा मगर समुदायलगायत अन्य समुदायले मनाउने चाड माघे सङक्रान्ति (मकर सङ्क्रान्ति) का अवसरमा सबैमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका हुन् ।

‘हाम्रा विविध सांस्कृतिक चाडपर्व, संस्कार एवं परम्पराले आ–आफ्नो समुदायको विशिष्ट पहिचान दिलाएका छन्’, शुभकामना सन्देशमा उनले भनेका छन्, ‘मगर, थारूलगायत समुदायले मनाउने यस पर्वले सांस्कृतिक, धार्मिक र ऐतिहासिक पक्षको संरक्षण मात्रै गरेको छैन, विविध जातजाति र समुदायका बीचमा सद्भाव कायम गर्न विशिष्ट भूमिका निर्वाह गरेको छ ।’

प्रतिक्रिया