दुई अर्ब ५५ करोड रुपैयाँ संस्थागत निक्षेप लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई अर्ब ५५ करोड रुपैयाँ संस्थागत निक्षेप लगानी गर्नै भएको छ । राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुको मुद्धती निक्षेपमा उक्त परिमाणको रकम लगानी गर्न लागेको हो ।
उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६६ दिने मुद्धतीकोरुपमा लगानी गर्न प्रस्ताव आव्हान गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
राष्ट्र बैंकका अनुसार रकम लगानीको अवधि २०८१ माघ छ गते देखि २०८२ माघ छ गतेसम्म रहेको छ । रकम लगानी गर्न चाहाने बैक तथा फाईनान्स कम्पनीहरुले यही माघ दुई गते बुधबारसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुपर्ने छ ।
लगानीको लागि छुट्याईएको कुुल रकम मध्ये वाणिज्य बैंकहरुको लागि दुई अर्ब चार करोड, बिकास बैंकहरुको लागि ३८ करोड २५ लाख र फाईनान्स कम्पनीहरुको लागि १२ करोड ७५ लाख रुपैंयाँ तोकिएको छ ।
रकम लगानी गर्न चाहाने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई बर्ष पुरा गरेको हुनुपर्ने, निष्क्रिय कर्जा राष्ट्र बैंकले तोकेको सिमाभित्र रहेको हुनुपर्ने लगायतका प्रावधानहरु तोकिएका छन् ।

प्रतिक्रिया