दक्षिण कोरियाका राष्ट्रपति युन हिरासतका विषयमा भएको सुनुवाईमा सहभागी

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई थप २० दिनसम्म हिरासतमा राख्ने वा नराख्ने पक्राउ पूर्जीसम्बन्धी सुनुवाइमा सहभागी भएका छन् ।
उइवाङ्गस्थित सियोल डिटेन्सन सेन्टरबाट छुटेका राष्ट्रपतिलाई लिएर गएका गाडी हिरासतबाट करिब २० किलोमिटर उत्तरमा रहेको सियोल वेस्टर्न डिस्ट्रिक्ट कोर्टमा आइपुगेको टिभी फुटेजले देखाएको छ ।
युनलाई बुधबार राष्ट्रपति निवासबाट पक्राउ गरिएको थियो र उनी पक्राउ पर्ने देशको पहिलो बहालवाला राष्ट्रपति बनेका थिए ।
महाभियोगपछि निलम्बित राष्ट्रपति युनले घोषणा गरेको अल्पकालीन सैनिक शासन का विषयमा सोधपुछका लागि बयान दिन सियोलको दक्षिणमा रहेको ग्वाचेओनमा रहेको भ्रष्टाचार अनुसन्धान कार्यालय (सीआईओ) मा उपस्थित हुन अस्वीकार गरेका गिए ।
यदि वारेन्ट जारी भएमा युनको हिरासत अवधि सहित २० दिनसम्म लम्बिनेछ ।
प्रारम्भिक १० दिनसम्म सीआईओले सोधपुछ गरेपछि युनलाई अभियोजन पक्षले पछिल्लो १० दिनसम्म सोधपुछ गर्नेछ किनभने दुवै पक्षले संयुक्त रूपमा युनको विद्रोहको आरोपको अनुसन्धान गर्न सहमत भएका छन् ।
गत वर्षको डिसेम्बर १४ मा नेसनल एसेम्बलीमा युनविरुद्ध महाभियोग प्रस्ताव पारित भएको थियो र यसलाई संवैधानिक अदालतमा १८० दिनसम्म छलफल का लागि पठाइएको थियो ।
प्रतिक्रिया