चौदण्डीगढी मेयर कप फुटबल सोमबारदेखि
नेपालखोज
२०८१ माघ ५ गते १६:४७

उदयपुर । चौदण्डीगढी नगरपालिकाले नारदमुनि खेल मैदानमा आगामी सोमबारदेखि आयोजना हुने छैटौँ संस्करणको मेयर कप फुटबल प्रतियोगितको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
नगरपालिकाको आयोजनामा हुने उक्त प्रतियोगितामा आठ समूहले स्पर्धा गर्ने चौदण्डीगढी नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु मगरले बताए ।
तियोगितामा प्रथम हुने टिमलाई ५५ हजार रुपैयाँ र कप प्रदान गरिनेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीलाई ३५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने छ । खेल नकाउटका आधारमा हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया