सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नेपालखोज
२०८१ माघ १० गते ११:०१

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुन तोलामा ४०० रुपैयाँले घटेर १ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार पुगेको थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य बिहीबार तोलामा १ हजार ८७५ रुपैयाँ कायम भएको हो । बुधबार तोलामा १ हजार ८९५ रुपैयाँ कायम भएको थियाे ।
सम्बन्धित
प्रतिक्रिया