शनिबार, माघ २६, २०८१

वायु प्रदुषणका कारण बैंककका करिब २०० विद्यालय बन्द

नेपालखोज २०८१ माघ १० गते १८:३०

बैङ्कक । वायु प्रदूषणका कारण बैङ्ककका करिब २०० विद्यालयहरू बिहीबार बन्द गर्नुपरेको स्थानीय अधिकारीले बताएका छन् । मौसमी वायु प्रदूषणले यस क्षेत्रका धेरै देशहरूलाई जस्तै थाइल्याण्डलाई पनि लामो समयदेखि प्रभावित गरेको छ ।

Advertisement

चिसो मौसम र बालीका लागि नल पराल जलाउने र कारको धुवाँबाट निस्केको प्रदूषणले वायु प्रदूषित हुँदा बालबालिकालाई विद्यालय हरूले बिदा दिएका हुन् ।

आईक्यूएयरका अनुसार बिहीबार बिहानसम्म थाई राजधानी बैङ्कक विश्वको छैटौँ सबैभन्दा प्रदूषित प्रमुख शहर बनेको छ ।पीएम २.५ प्रदूषकको स्तर १२२ माइक्रोग्राम प्रति घनमिटर पुगेको आईक्यूएयरले देखाएको छ ।

विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० ले २४ घण्टे औसत एक्सपोजर एक वर्षमा अधिकांश १५ दिनभन्दा बढी हुन नहुने सुझाव दिएको छ ।

यसै साताको सुरुमा बैङ्ककका अधिकारीहरूले पीएम २।५ को उच्च स्तर भएका क्षेत्रका विद्यालयहरू बन्द गर्न सकिने बताएका थिए ।

बिहीबार बिहानसम्म बैङ्कक महानगरीय प्राधिकरण अन्तर्गतका ४३७ विद्यालयमध्ये १९४ विदालय विद्यालय बन्द भएका छन् ।

बन्दले हजारौं विद्यार्थीको पठनपाठनलाई प्रभावित पारेको छ । राजधानीका अन्य दर्जनौँ विद्यालय महानगरको मातहतमा छैनन् र तथ्याङ्क पनि उपलब्ध छैन । रासस/एएफपी

प्रतिक्रिया