सभापति कप फुटबल : सङ्कटा क्लब विजयी

काठमाडौं । राजधानीमा आजदेखि सुरु सभापति कप पुरुष फुटबल प्रतियोगितामा सङ्कटा क्लबले विजयी सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा सङ्कटा क्लबले चर्च ब्वाइज युनाइटेड क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।
सङ्कटाको जितमा अबेक रिर्चडले दुई गोल गरे भने चन्दन दासले एक गोल गरे । खेलको २३औँ मिनेटमै रिचर्डले सङ्कटालाई सुरुआती अग्रता दिलाए ।
त्यस्तै खेलको ७०औँ मिनेटमा श्रीजन क्षेत्रीले चर्च ब्वाइजका कप्तान अनन्त तामाङलाई बिट गर्दै दिएको बललाई रिचर्डले नै जाली चुमाउँदै टोलीको अग्रता दोब्बर बनाए । खेलको ७३औँ मिनेटमा चन्दन दासले गोल गरे ।
उक्त हारसँगै चर्च ब्वाइज प्रतियोगिताबाट बाहिरिएको छ । भोलि दिउँसो ३ बजे मछिन्द्र क्लब र विभागीय टोली एपिएफ कल्बबीच प्रतिस्पर्धा हुनेछ ।
नकआउट चरणमा सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता छ । प्रतियोगिताको विजेता टोलीले रु २६ लाख तथा उपविजेता टोलीले रु १३ लाख प्राप्त गर्नेछ ।
प्रतिक्रिया