सातामा ३६ अर्ब सात करोड ८७ लाख रुपैयाँको शेयर किनबेच

काठमाडौं । यस साता सेयर बजार परिसुचक नेप्से दुई हजार ६५४.३५ बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स ४४६.८१ बिन्दुमा कायम भएको छ ।
धितोपत्र बजारमा यो साता तीन सय २५ वटा कम्पनीको सेयर कारोबार भएका छन् ।
जसअनुसार तीन लाख ९१ हजार ४८९ पटकको कारोबारमा सात करोड १० लाख ८३ हजार ४७४ कित्ता शेयर खरिद-बिक्री हुँदा कुल कारोबार रकम ३६ अर्ब सात करोड ८७ लाख ३६ हजार ७७ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै १४ अर्ब रुपैयाँले बढी हो ।
धितोपत्र बजारमा गत साता तीन सय २२ वटा कम्पनीको सेयर कारोबार भएका थिए । जसअनुसार दुई लाख ४४ हजार नौं सय पटकको कारोबारमा चार करोड ४३ लाख ८७ हजार ३३८ कित्ता शेयर खरि-बिक्री हुँदा कुल कारोबार रकम २२ अर्ब ४० करोड ७४ लाख आठ हजार २३६ रुपैयाँ पुगेको थियो ।
यस साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नैं खुल्ला रहेको थियो । जसमध्ये पहिलो, दोस्रो, तेस्रो र चौथौं दिन लगातार बढेको नेप्से पाँचौं कारोबार दिन भने घटेको थियो ।
दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसुचक १२.५८ अंकले उकालो लागेर २ हजार ६०१.२१ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि २.४१ अंकले उकालो लागेर ४३९.४ बिन्दुमा चढेको थियो ।
दोस्रो कारोबार दिन पनि नेप्से परिसुचक ६.७८ अंकले उकालो लागेर २ हजार ६०७.९९ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ०.१० अंकले उकालो लागेर ४३९.१४ बिन्दुमा चढेकोे थियो ।
तेस्रो कारोबार दिन पनि नेप्से परिसुचक ५.०८ अंकले उकालो लागेर २ हजार ६१३.०८बिन्दुमा चढेकोमा क बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक अकले उकालो लागेर ४४०.१४ बिन्दुमा चढेको थियो ।
चौंथो कारोबार दिन पनि नेप्से परिसुचक ५२.३६ अंकले उकालो लागेर २ हजार ६६५.४५ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ८.६५ अंकले उकालो लागेर ४४८.८० बिन्दुमा चढेकोे थियो ।
पाँचौं कारोबार दिन भने नेप्से परिसुचक ११.१० अंकले ओरालो लागेर २ हजार ६५४.३५ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स १.९९ अंकले ओरालो लागेर ४४६.८१ बिन्दुमा झरेको थियो ।
यस साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड, सप्तकोशी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स आदि परेका छन् भने सेयर कारोवार भएको संख्याको आधारमा नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड, सिन्धु बिकास बैंक आदि परेका छन् ।
यसैगरी बजार पुंजीकरणको आधारमा नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेकाछन् ।
प्रतिक्रिया