सोमबार, माघ २८, २०८१

करेन्ट लागेर मृत्यु

नेपालखोज २०८१ माघ ११ गते १३:३७

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका–११ बाँसकोटेस्थित फर्मग्रो प्रालि बङगुर फर्ममा बत्ती बनाउने क्रममा करेन्ट लागेर सोही फर्ममा काम गर्ने नवलपरासी पश्चिम बर्दघाट नगरपालिका–१६ केराबारी घर भएका २४ वर्षीय अरूण परियारको बिहीबार साँझ मृत्यु भएको छ ।

Advertisement

करेन्ट लागेर गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया