गरिमा विकासको डेबिट र क्रेडिट कार्डमार्फत अनलाइन भुक्तानी गर्न सकिने

काठमाडौं । गरिमा विकासको डेबिट र क्रेडिट कार्ड मार्फत अनलाइन भुक्तानी गर्न सकिने भएको छ ।
बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) को सहकार्यमा विकास बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत सिधै रकम भुक्तानी गरी विभिन्न अनलाइन प्लेटफर्ममार्फत वस्तु तथा सेवा खरिद गर्न सकिने ३डी सेक्युअर इ-कमर्स सेवाको सुरुवात गरेको हो ।
बैंकले डिजिटल बैंकिङ सेवालाई थप गुणस्तरीय एवं ग्राहकमैत्री बनाउने उद्देश्यका साथ उक्त सेवाको सुरुवात गरेको जानकारी दिएको छ ।
उक्त सेवा सुरू गर्न चाहने विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड होल्डर ग्राहकले यस विकास बैंकमा सम्पर्क गरी आफ्नो कार्डमा इ-कमर्स सुविधा सुरू गर्न सक्नेछन् जसबाट सुरक्षित, गुणस्तरीय एवं ग्राहकमैत्री अनलाइन भुक्तानीको अनुभव गर्न सकिनेछ ।
अनलाइन मार्फत वस्तु तथा सेवा खरिद गर्ने ग्राहकको यस विकास बैंकमा रजिस्टर गरिएको मोबाइल नम्बरमा ओटिली जाने व्यवस्था मिलाइएको हुँदा कारोबार थप सुरक्षित एवं गुणस्तरीय हुने विश्वास रहेको छ ।
हाल बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर र ५१ एटिएम साथै नवीनतम डिजिटल बैकिङ मार्फत सरल सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ ।
प्रतिक्रिया