सोमबार, माघ २८, २०८१

इनोभेसन डे षणा गर्दै इसेवा १६ औँ वर्षमा प्रवेश 

नेपालखोज २०८१ माघ १२ गते १६:०३

काठमाडौं । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको ई सेवाले वित्तीय प्रविधिमा नवीनतम सेवा थप गर्दै जाने र उत्कृष्टताका लागि कार्यरत रहने प्रतिविद्धताका साथ आफ्नो १६ औँ वार्षिक उत्सव सम्पन्न गरेको छ ।

Advertisement

‘सबैका लागि सधैँ र सँगै अर्थतन्त्रको लागि’ भन्ने सिद्धान्त बोक्दै लाखौँ मानिसलाई सहज वित्तीय सेवाको पहुँच पुर्याउदै आइरहेको ई सेवाले नेपालमा वित्तीय समावेशीकरणमा महत्वपूर्ण भूमिका पनि निर्वाह गर्दै आइरहेको छ । मोबाइल टपअपबाट सेवा सुरु गरेको ई सेवाले हाल इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, हवाई जहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, होटेल बुकिङ, शेयर तथा डिम्याट खाता नवीकरण, ब्लूबुक नवीकरण, इन्सोरेन्स लगायतका दुई हजार भन्दा बढी सेवाको शुल्क भुक्तानीका साथै इजी लोन, ई स्पिकर , मर्चेन्ट लिङक जस्ता सुविधा दिँदै आइरहेको छ ।

लाइनबाट अनलाइन सम्मको यात्रा तय गरेको ई सेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था साझेदार रहेका छन् । करिब १ करोड कुल प्रयोगकर्ता भएको इसेवा गत वर्ष प्ले स्टोरमा १० लाख भन्दा बढी डाउनलोड हुने पहिलो नेपाली डिजिटल वालेट भएको थियो । त्यसै गरी ई सेवाको दुई लाख ६८ हजार भन्दा बढी एजेन्ट र चार लाख ५० हजार भन्दा बढी मर्चेन्टहरु रहेका छन् । 

ईसेवाले आगामी दिनहरुमा आफ्नो सेवा विस्तार गर्ने योजना बनाइ रहँदा आफ्नो प्रयोगकर्ताको वश्यतालाई मध्यनजर गर्दै नयाँ फिचर ल्याउनुको साथै तिनको स्तर उन्नतिमा समेत कार्यरत रहने प्रतिबद्धता रहेको ई सेवाका कार्यकारी अधिकृत जगदीश खड्काले बताएका छन् ।

यसै क्रममा ई सेवाले हालसालै ल्याएको नयाँ फिचर हो फाइनान्स ३६०, यसको साथ ग्राहकले प्रत्येक विधामा भएको आफ्नो खर्चको विवरण हेर्न सकिन्छ । यो फिचरमा कुन कार्यमा के कति खर्च भयो, कुल समयमा कुल खर्च कति भयो हेर्नुका साथै आफ्नो मासिक खर्चको लागि बजेट पनि निर्धारण गर्ने जस्ता विशेषता रहेको छ ।

यस फिचरको साथ इसेवा प्रोगकर्तालाई आफ्नो खर्च व्यवस्थापन गर्न र न्यूनीकरणमा समेत मद्दत पुग्ने कुरामा प्रमुख कार्यकारी अधिकृत खड्काले जोड दिएका छन् । 

त्यसै गरी ई सेवाले आफ्नो ग्राहकको दैनिक वित्तीय व्यवस्थापन सहजताका लागि इसेवा क्यालेन्डर सुविधा पनि ल्याएको छ । यस अन्तर्गत इसेवा क्यालेन्डरमा आफ्नो भुक्तानी अग्रिम टिपोट गरी राख्न सकिन्छ र इसेवा क्यान्सरमा गई सजिलै आफ्ना आर्थिक कारोबार जाँच तथा व्यवस्थापन गर्न सकिन्छ । 

पहिला शेड्यूल पेमेन्टमा गई सम्पूर्ण भुक्तानी खोज्नु प¥थ्यो भने इसेवा क्यालेन्डरको मद्दतले ग्राहकले आफुले गरेको भुक्तानी तथा आर्थिक कारोबारहरू सजिलै क्यालेन्डरमा गई हेर्न मिल्नेछ । त्यसै गरी यस क्यालेन्डरमा इसेवा मार्फत आफुले गरेको टिकट, होटेल, फ्लाइट बुकिङ जस्ता कारोबारहरू पनि देखिने छ ।

यो सँगै ग्राहकले निश्चित समयमा नियमित गरी रहने बिजुली, खानेपानी जस्ता भुक्तानीहरु पनि यस क्यालेन्डरमा देखिने छ जसले गर्दा ग्राहकको कुनै पनि भुक्तानी तथा इभेन्ट छुट्ने छैन । यति मात्र नभई इसेवा क्यालेन्डरमा ग्राहकले आफ्नो तथा परिवारको जन्मदिन, एनिभरसरी, मिटिङ इत्यादी जस्ता व्यक्तिगत इभेन्टहरु पनि अग्रिम टिपोट गर्न सक्नेछन् । 

इसेवा क्यलेन्डर इसेवा एप भित्र रहने छ भने ग्राहकको सहजताको लागि ग्राहकले आफ्नो मोबाइलको विजितमा पनि सेट गर्न मिल्नेछ । यी नयाँ सेवाले ग्राहकलाई थप सुविधाजनक वित्तीय सेवा प्रदान गर्ने र आर्थिक उत्थानमा टेवा पुर्याएर वित्तीय समावेशीकरण तर्फ सधैँ सबैलाई सँगै लिएर अगाडि बढ्ने कुरामा समेत विश्वास रहेको कार्यकारी अधिकृत जगदीश खड्काले बताएका छन् । 

प्रतिक्रिया