सोमबार, माघ २८, २०८१

हरिभक्तको ‘डार्लिङ’ मा पल र इसाको अनस्क्रिन रोमान्स

नेपालखोज २०८१ माघ १२ गते १७:०१

काठमाडौं । गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘डार्लिङ’ सार्वजनिक भएको छ । टेक बिसी र मिना पोख्रेलको स्वर, भीम बिसीको सङ्गीत, केशव बडुको एरेञ्ज र कुमार रानाको मिक्सिङ एवं माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

Advertisement

विक्रम चौहानको निर्देशन एवम् कोरियोग्राफी रहेको गीतको भिडियोमा पल शाह र इसा परियारको अभिनय रहेको छ । डान्सिङविटमा रहेको गीत जति राम्रो छ भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ ।

पवन शुसलिङ र टिमले छायाङ्कन गरेको गीतको भिडियोमा मिलन विश्वकर्माको दृश्य सम्पादन एवम् कलरिङ छ । गीतको भिडियो हरिभक्तको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

एक दर्जनभन्दा बढी पुस्तक प्रकाशन गर्नुभएका हरिभक्त गीत लेखनमा पनि त्यतिकै सक्रिय छन् । उनका थुप्रै गीत लोकप्रिय छन् । तेह्रथुममा जन्मिनुभएका गीतकार बुढाथोकी त्यहाँका पहिलो नाटककार समेत हुन ।

ड्राइभिङसम्बन्धी पुस्तकका पहिलो लेखक रहेका उनी रोटरी डिस्ट्रिक्ट ३२८२ गानका रचनाकार र पतञ्जलि योगगानका रचनाकार समेत हुन् । 

प्रतिक्रिया