शनिबार, माघ २६, २०८१

‘सांस्कृतिक असमानता चिर्न पत्रकारको सशक्त भूमिका जरुरी’

नेपालखोज २०८१ माघ १२ गते २०:१८

दमौली (तनहुँ) । गण्डकी प्रदेश प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले समाजमा व्याप्त सांस्कृतिक असमानता चिर्न पत्रकारले सशक्त भूमिका खेल्नुपर्ने बताएका छन् ।

Advertisement

तनहुँको बन्दीपुरमा आज आयोजित राष्ट्रिय दलित पत्रकार सङ्घ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै सभामुख धितालले सांस्कृतिक रुपमा देखिएका असमानताले सबैभन्दा बढी दलित समुदाय पीडित रहेकाले पत्रकारले पीडितको पक्षमा कलम चलाउनुपर्नेमा जोड दिए ।

उनले भने, ‘मानव भएर पनि दलित समुदायले मानवीय व्यवहार नपाएको हामीले अनुभूति गरिरहेका छौँ । कानुनमा जे लेखिए पनि व्यवहारमा पूर्ण कार्यान्वयन भएको छैन, यसलाई चिर्न पत्रकारहरुले साझा प्रयत्न जरुरी छ ।’

सभामुख धितालले जनस्तरमा सही र गलत समाचार छुट्याउनुपर्ने अवस्था सृजना भएकाले सत्य र विश्लेषणसहितको समाचार सम्प्रेषण गर्ने विषयलाई बढावा दिन आग्रह गरे ।

त्यसअवसरमा बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा, नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेललगायतले धारणा राखेका थिए ।

प्रतिक्रिया