जिम्बावेमा वर्षाका कारण २४ जनाको ज्यान गयो
नेपालखोज
२०८१ माघ १२ गते २०:३५

हरारे । जिम्बाब्वेमा गत अक्टोबरदेखि वर्षाको कारण कूल २४ जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएको देशको नागरिक सुरक्षा विभाग (डीसीपी) ले जनाएको छ ।
भारी वर्षाले विद्यालय, स्वास्थ्य सुविधा, सडक, पुल, बाँध, बिजुलीका खम्बा र सिँचाइ योजनालगायतका महत्वपूर्ण सार्वजनिक पूर्वाधारमा क्षति पु¥याएको डिसीपीले जारी गरेको प्रतिवेदनमा उल्लेख छ ।
अक्टोबरदेखि अहिलेसम्म ९८३ घरधुरी, १२९ विद्यालय र १३ स्वास्थ्य संस्थामा क्षति पुगेको डीसीपीले जनाएको छ ।
साथै, भारी वर्षाका कारण प्रहरी चौकी, राष्ट्रिय परिचयपत्र जारी गर्ने सरकारी भवन र औद्योगिक भवनलगायत ४२ वटा सार्वजनिक पूर्वाधारमा क्षति पुगेको डीसीपीले बताए । रासस/सिन्ह्वा)
सम्बन्धित
प्रतिक्रिया