सुनको मूल्य स्थिर, चाँदीको सामान्य घट्याे

नेपालखोज २०८१ माघ २० गते १०:५६

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । भने चाँदीको मूल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि सुनकाे मूल्य एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भएकाे थियाे ।

यसैगरी, आइतबार चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया