माओवादी केन्द्रको पदाधिकारी बैठक सर्‍यो

नेपालखोज २०८१ माघ २० गते ११:२१

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक दिउँसो २ बजेलाई सरेको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो २ बजेलाई सरेको हाे ।

अध्यक्ष पुष्पकमल दाहालले नेताको जिम्मेवारी हेरफेर, कार्य विभाजन, अवकाश विद्यार्थीको व्यवस्थापन, पूर्व-पश्चिम तथा मध्य पहाडी राजमार्गमा हुने कार्यक्रमको खाका लगायत समसामयिक विषयमा निर्णय लिन बैठक बोलाएका थिए ।

अध्यक्ष दाहाल गृहजिल्ला चितवनबाट आइपुग्न ढिलो भएकाले बैठक सारिएको सचिव दीनानाथ शर्माले जानकारी दिए ।

प्रतिक्रिया