जनकपुरका कवाड व्यवसायी मुकेशमाथि निर्ममतापूर्वक रड प्रहार, ५ जना पक्राउ

नेपालखोज २०८१ माघ २० गते १३:३७

काठमाडाैं । जनकपुरधाम उपमहानगरपालिका-९ पिडारी चोकमा कवाड व्यवसायीमाथि निर्मम कुटपिट भएको छ । बरहथवा नगरपालिका ८ का ३७ वर्षीय व्यवसायी मुकेश प्रसाद यादवमाथि रड प्रहार गरी सामूहिक आक्रमण भएको हो ।

कुटिएका यादव गम्भीर घाइते भएका हुन् । जनकपुरधाममा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

शनिबार दिउँसो यादवमाथि जनकपुरधाम उपमहानगरका- १३ पीडारीका ४८ वर्षीय फेकु साह, २४ वर्षीय तुल्सी साह, १९ वर्षीय अमित साह, १९ वर्षीय सुभाष साह र भारत बिहारको सितामढी विष्णुपुर ३ बस्ने १७ वर्षीय विकासकुमार साह लगायतले आक्रमण गरेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुशार घटनामा फेकु साहका तीन छोरामा पनि संलग्न रहेको छन् । घटना पश्चात फेकुसहित पाँचजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया