सहकारी ठगी आरोपमा म्याग्दीका जिसस प्रमुख थापा पक्राउ
नेपालखोज
२०८१ माघ २० गते १४:५०

काठमाडौं । सहकारी ठगीको आरोपमा म्याग्दीका जिसस प्रमुख राजकुमार थापा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले जिसस प्रमुख थापालाई पक्राउ गरेको हो । उनी कुमारी सहकारी संस्थाको करिब डेढ अर्ब रकम रुपैयाँ बचत हिनामिना गरेको आरोप छ ।
नेकपा ९एमाले० का नेतासमेत रहेका उनी २०७९ को स्थानीय तह निर्वाचनपछि जिसस म्याग्दीको संयोजक बनेका थिए ।
जिसस म्याग्दीका संयोजक थापासहितविरुद्ध सहकारी ठगी प्रकरणमा ०८१ जेठमा उजुरी परेको थियो । बचत अपचलनबारे सहकारी रजिस्ट्रारको कार्यालय, गण्डकीले छानबिन गरेको थियो ।
सम्बन्धित

प्रतिक्रिया