इरानमा बस पल्टिँदा ५४ जना घाइते
नेपालखोज
२०८१ माघ २० गते १९:१६

तेहरान । इरानको मध्य प्रान्त सेमनानको एक इन्टरसिटी सडकमा आइतबार बिहान बस पल्टिँदा ५४ जना घाइते भएका छन् । सोरखेह काउन्टीबाट प्रादेशिक राजधानी सेमनान जाने सडकमा बिहान ४ः४५ बजे बस दुर्घटना भएको हो ।
चिकित्सा विज्ञान तथा स्वास्थ्य सेवा प्रवक्ता करेन याह्याईले भने, ‘एम्बुलेन्सले घाइतेलाई सेमनान अस्पताल पुर्याएको छ ।’
घटनाबारे सेमनानका ट्राफिक प्रहरी प्रमुख मौसा बोजोर्गीले चालक निद्रामा परेका कारण बस सडकबाट खसेको बताए । ‘दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।’ रासस/सिन्ह्वा
सम्बन्धित

प्रतिक्रिया