११ अर्ब ८७ करोडको शेयर कारोबार

काठमाडौं । नेप्से सामान्य अंकले बढेको छ । अघिल्लो दिन ६९ दशमलव ८० अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार दुई दशमलव ४१ अंकले बढेर २७ सय ३० अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २३ अंकले बढेर चार सय ५९ दशमलव ६१ अंकमा चढेको छ ।
तीन सय १९ पटकको कारोबारमा एक लाख ११ हजार नौं सय १८ पटकको कारोबारमा दुई करोड ३७ लाख ७० हजार तीन सय ४८ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार पाँच सय ३८ रुपैंयाँ कायम भएको छ । नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा छ वटा समुहहरुले गुमाएपनि बाँकी समुहहरुले भने कमाएका छन् ।
सो मध्ये आज वाणिज्य बैंक समुहको सुचक सात दशमलव ४२ अंकले बढेर १३ सय ७० दशमलव ४० अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय आठ दशमलव ८४ अंकले बढेर १३ हजार दुई सय ३१ दशमलव ६८ अंकमा पुगेको छ । यसैगरी जीवन बीमा, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि बढेका छन् ।
बिकास बैंक समुहको सुचक भने २३ दशमलव ७६ अंकले घटेर छ हजार २५ दशमलव ५० अंकमा झरेको छ भने जलबिद्युत समुहको सुचक पनि १८ दशमलव ८१ अंकले घटेर तीन हजार आठ सय ३० दशमलव ४२ अंकमा झरेको छ । फाईनान्स होटल तथा पर्यटन, लगानी र अन्य समुहको सुचक पनि आज घटेका छन् । नेप्सेमा आज उपकार लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाउँदा ग्रीन डेभलपमेन्ट बैंकले सबैभन्दा बढी गुमाएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।
प्रतिक्रिया