छपन्न लाखभन्दा बढी मूल्यका सामान बरामद
नेपालखोज
२०८१ माघ २२ गते २०:२०

वीरगञ्ज (पर्सा) : जिल्ला प्रहरी कार्यालयले भन्सार छली गरेर भित्र्याइएका रु ५६ लाख ४६ हजार मूल्य पर्ने विद्युतीय सामग्रीलगायत विभिन्न उपभोग्य वस्तु बरामद गरेको छ ।
आज जिल्लाका विभिन्न स्थानबाट भन्सार छली, चोरी पैठारी गरी ल्याइएका विद्युतीय, खाद्यान्न, सुर्ती, चप्पललगायत सामग्री बरामद गरिएको हो ।
प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जिल्लामा नियमित जाँच गरी भन्सार छली गरेर भित्र्याइएका सामान बरामद गर्ने काम भइरहेको बताए ।
‘आज बरामद गरिएका बिलबिजकभन्दा कम मूल्य भएका सामान राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएका छन्, अन्य सामान भने कानुनी प्रक्रिया पूरा गरेर वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरिनेछ’, उनले भने । रासस
सम्बन्धित
प्रतिक्रिया