४.४५ अंकले घट्यो नेप्से, ८ अर्ब ९५ करोडकाे काराेबार

काठमाडाैं । बुधबार नेप्से परिसूचक ४.४५ अंक ले घटेर २७११.४५ को विन्दुमा बन्द भएको हो ।
बुधबार १ करोड ९१ लाख ८१ हजार ४१४ कित्ता शेयरको खरिद-बिक्री हुँदा ८ अर्ब ९५ करोड ८० लाख ७ हजार रुपैयाँको कारोबार भएको छ ।
नेप्सेमा आज १३ वटा समूहको शेयर कारोबार हुँदा पाँच वटा समूहले कमाएपनि बाँकी रहेका आठ वटा समूहले भने गुमाएका छन् । याे मध्ये फाइनान्स समूहको सूचक १४३.८९ अंकले बढेर २ हजार ६७९.९५ अंकमा पुगेको छ भने जलबिद्युत समूहको सूचक १.६१ अंकले बढेर तीन हजार ८३८.१३ अंकमा पुगेको छ ।
निर्जीवन बिमा समूहको सूचक २५.३३ अंकले बढेर १३ हजार १८०.७७ अंकमा पुगेको छ । सामुहिक लगानी कोष र अन्य समूहको सूचक पनि बढेका छन् । वाणिज्य बैंक समूहको सूचक ३.६५ अंकले घटेर १ हजार ३६३.८९ अंकमा पुगेको छ ।
जीवन बिमा समूहको सूचक ४१.८४ अंकले घटेर १३ हजार १८७.३६ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र व्यापार समूहको सूचक पनि घटेका छन् ।
नेप्सेमा आज उपकार लघुवित्त वित्तीय संस्थाले सबै भन्दा बढी कमाउँदा सामुदायिक लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । नेपाल पुर्नबीमा कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।
प्रतिक्रिया