आजको प्रमुख हेडलाइन

– कोटिहोम गर्न नदिने पोखरा महानगरको घोषणा , सडक र चौताराका रुखविरुवा मुठारेर जम्मा गरिएका काठदाउरा जफत ।
– मौलापुरस्थित महादेव मन्दिरलाई विश्वसम्पदामा सूचिकृत गर्न “मधानी महोत्सव” गरिने ।
– चैत्र १७ गतेदेखि बैतडीको बनारसीधाममा कोटीहोम हुने, मुख्य पुजारीमा दलित र ब्राह्मण ।
– बेलायतका राजकुमारले गरे भक्तपुर दरबारको अवलोकन ।
– रविलाई सङ्गठित अपराधमा उन्मुक्ति दिने सरकारी वकिल छानबिनमा तानिए ।
– निर्वाचन आयोगले राजनीति दलहरूको व्यापक सुधारमा केन्द्रित रहेर कानुन निर्माणको मस्यौदालाई अघि बढायो ।
– भ्रष्टाचार रोक्न कांग्रेसको जनप्रतिनिधि निर्देशिका , लाभको पदमा परिवारका सदस्यलाई नियुक्त नगर्न निर्देश ।
– मानव बेचबिखन र ठगीको आरोपमा अछामका कांग्रेस क्षेत्रीय सभापति काठमाडौंबाट पक्राउ ।
– स्ववियु चुनावको तयारीमा त्रिवि, २३ वटा विद्यार्थी संगठनसँग छलफल गर्दै ।
– सदनमा प्रस्तुत हुने रणनीति बनाउन सिंहदरबारमा रास्वपा संसदीय दलको बैठक ।
– अध्यादेश फेल गराउन विपक्षी दलहरूको भरमग्दुर कसरत ।
– बुधबार नेप्से परिसूचक ४।४५ अंक ले घटेर २७११।४५ को विन्दुमा बन्द । १ करोड ९१ लाख ८१ हजार ४१४ कित्ता शेयरको खरिद(बिक्री हुँदा ८ अर्ब ९५ करोड ८० लाख ७ हजार रुपैयाँको कारोबार ।
– डलरको मूल्यमा नयाँ रेकर्ड , एक डलरको मूल्य करिब १४० रुपैयाँ ।
– तोलामा २२ सय बढ्यो सुन ।
– नेपाली कांग्रेसको दलित समुदाय समन्वय तथा सशक्तिकरण विभागबाट जातीय विभेदका घटनाप्रति सरकारको ध्यानाकर्षण ।
– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलबाट क्यान्सर रोगीलाई दिईने किमो निःशुल्क गर्ने घोषणा ।
– इन्टर्न तथा आवासीय चिकित्सकले बहिष्कार गरे इमर्जेन्सीबाहेकका सेवा ।
– नेकपा एकीकृत समाजवादीले तोक्यो ३३ विभाग प्रमुख र उपप्रमुख ।
– सुनकोशीले तहसनहस बनाएको मुल्कोटको रिसोर्ट पुनः संचालनमा आउँदै ।
– आगामी तीन दिन काठमाडौँ उपत्यकामा वर्षा नहुने , पानी नपरी बित्दै हिउँद, किसान चिन्तित ।
– अब ओमानस्थित दूतावासबाटै श्रम स्वीकृति पाइने ।
– क्यान्सर पहिचानका लागि साइक्लोट्रोन प्रविधि नेपालमै स्थापना हुने ।
– धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले जनकपुरधाममा आयोजित इण्डो(नेपाल समिट सम्पन्न ।
– धनगढीमा पाँचतारे होटल बनाउँदै सिद्धार्थ ग्रुप ।
– अब काठमाडौंका ३६ ठाउँमा यात्रु आफैंले ट्राफिक लाइट बालेर सडक ‘क्रस’ गर्न सक्ने ।
– गुणस्तरहीन पाइएपछि तीन कम्पनीको औषधि बिक्रीमा रोक ।
– साँखुमा महिला प्रहरी मृत फेला ।
– चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गरिने ।
– पुल मर्मत गर्ने क्रममा भेरी नदीमा खसेर २ जना बेपत्ता ।
– महान्यायाधिवक्ताको निर्णय अनुसार बाँसबारीको जग्गा सरकारको नाममा आइसकेकाले मुद्दा चलाउन मिलेन ।
– रौतहटमा मूर्ति सेलाउने क्रममा डुबेर युवकको मृत्यु ।
– टिपरको ठक्करबाट बनेपामा पैदलयात्रीको मृत्यु ।
– सप्तरीमा दाजुको हत्या गरेको आरोप लागेका एक व्यक्ति २० वर्षपछि पक्राउ ।
– उत्तरी क्षेत्रबाट भोजपुर र संखुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भईरहेको पक्की पुल १४ वर्ष देखि अलपत्र ।
नुवाकोटमा बस र मोटरसाइल ठोक्किए, एकजनाको मृत्यु, १८ घाइते ।
‘रियलस्टेट’ व्यवसायी वर्षा कुँवरलाई ‘मिसेस ब्यूटी क्वीन नेपाल सिजन ( ७ को उपाधि ।
प्रियंकाको ‘ममी’ १६ वर्ष पूरा भएका दर्शकले मात्र हेर्न पाउने ।
-दिब्या रायमाझीले आगामी फिल्म ‘मायाप्रीति’ मा काम गर्ने ।
– नेपाली चलचित्र ‘सारंग’को ग्राण्ड प्रिमियर सम्पन्न ।
– चलचित्र अध्ययन गर्न चाहने विद्यार्थीलाई विकास बोर्डद्वारा छात्रवृत्ति प्रदान ।
– त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृङ्खलाको खेलमा नेपाल नेदरल्याण्ड्ससँग १० विकेटले पराजित ।
-अर्जुन ट्रफी क्रिकेटमा काठमाडौंद्वारा बुटवल पराजित ।
– च्यासल खेल मैदान मर्मत गर्न दुई करोड लाग्ने ।
– राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को कार्यकारी समितिबाट अदालतको आदेश तथा राखेपको स्विकृत बिना ओलम्पिक निर्वाचनमा सहभागी खेल संघलाई अन्तिमपल्ट ७२ घण्टे स्पष्टीकरण सोध्ने निर्णय ।
-ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको वर्तमान कार्यसमितिलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी ९आईओसी० बाट तत्काल मान्यता दिन अस्वीकार ।
स्रोत : विभिन्न एजेन्सी तथा अनलाइनहरु
अधिराजकुमारी सोफीद्वारा भक्तपुर अस्पताल अनुगमन तथा निरीक्षण
नेपाल भ्रमणमा रहेकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार ड्युक अफ एडिन ब्रा एडवार्डकी धर्मपत्नी डचेस सोफी बुधबार भक्तपुर अस्पताल अनुगमन एवं निरीक्षणका क्रममा ।
तस्बिर : चन्द्रकला क्षेत्री रासस
प्रतिक्रिया