शुक्रबार, चैत ७, २०८१

सुनकाे मूल्य घट्याे, चाँदीको बढ्याे

नेपालखोज २०८१ माघ २५ गते ११:२२

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । चाँदीको भने ५ रुपैयाँ बढेको छ ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँ घटेर १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ । बिहीबार सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको भने ५ रुपैयाँ बढेको छ । चाँदीको १ हजार ९८५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य तोलामा १ हजार ९८० रुपैयाँ थियो ।

प्रतिक्रिया