करिब २९६ किलो गाँजा बरामद
नेपालखोज
२०८१ माघ २५ गते ११:३७

सुनसरी । देवानगंज गाउँपालिका-७ सिनवारीबाट लागूऔषध गाँजा करिब २९६ किलो ८५० ग्राम बिहीबार बिहान प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय चिमडीबाट खटिएको प्रहरीले गढी गाउँपालिका-४ स्थित छिटाहा नहरको बाटोमा एचआर ७० ई ९५०२ नम्बरको स्कारपियोलाई रोक्न खोज्दा फरार भए पश्चात इलाका प्रहरी कार्यालय हरिनगराबाट खटिएको प्रहरीले देवानगंज गाउँपालिका-७ सिनवारीस्थित सडक भन्दा १० फिट तल उक्त स्कारपियो फेला पारेको थियो ।
प्रहरीले स्कारपियो तलासी गर्दा प्लाष्टिकको बोरामा १० पोका र नजिकै लुकाई छिपाई राखेको ४ वटा पोकाबाट गरी उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया