सोमबार, चैत १०, २०८१

रविको निलम्बन फुकुवा गर्न सांसद अर्याल माग

नेपालखोज २०८१ माघ २५ गते १३:५१

काठमाडौं । प्रतिनिधिसभा बैठकमा कार्यवाहक सभापति तथा सांसद डीपी अर्यालले रास्वपाका पार्टी सभापति रवि लामिछानेमाथि सदनमा लगाइएको निलम्बन फुकुवा गर्न माग गरेका छन् ।

Advertisement

शुक्राबार बसेकाे प्रतिनिधिसभा बैठकमा कार्यवाहक सभापति तथा सांसद अर्यालले लामिछानेमाथि सदनमा लगाइएको निलम्बन फुकुवा गर्न माग गरेको हुन् । अर्यालले भने, ‘थुनामा नरहेको अवस्थामा सांसद पद निलम्बन फुकुवा गर्न माग गर्दछु ।’

रविमाथि सरकारले प्रतिशोध साँध्दा सदनले पनि त्यसलाई समर्थन गरेको अनुभूति भएको उनले बताए ।

प्रतिक्रिया