चलचित्रसम्बन्धी अध्ययनका लागि छात्रवृत्ति
नेपालखोज
२०८१ माघ २५ गते २०:२७

काठमाडौं । चलचित्र विकास बोर्डले १६ जना विद्यार्थीलाई चलचित्रसम्बन्धी अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ ।
माध्यमिक तहमा १, स्नातक तह पहिलो वर्षको लागि १२ जना, विद्यावारिधीको लागि १ र दर्शनाचार्यको लागि एक जनालाई छात्रवृत्ति प्रदान गरिएको बोर्डका अध्यक्ष दिनेश डिसीले जानकारी दिए ।
माध्यमिक र स्नातक तहका विद्यार्थीको छात्रवृत्ति अस्कर कलेजका संयोजक नवनिधि दाहाल र फिल्म क्याम्पस तथा सङ्गीत विद्यालयका प्रधानाध्यापक शिशिर उप्रेतीलाई हस्तान्तरण रकम हस्तान्तरण गरियो ।
बोर्डका अनुसार माध्यमिक तहको लागि रू १५ हजार, दर्शनाचार्य, विद्यावारिधी र स्नातक तह पहिलो वर्षको लागि ५० हजार छात्रवृतिका लागि उपलब्ध गराईएको छ ।
सम्बन्धित
प्रतिक्रिया