महिला टी-२० आई त्रिकोणीय क्रिकेट श्रृंखलाकी उत्कृष्ट खेलाडलाई यामाहा रेजेडआर १२५

काठमाडौं । सहभागी तीन राष्ट्र नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डले प्रस्तुत गरेको रोमाञ्चक प्रदर्शन, दृढ संकल्प र उत्कृष्ट खेल भावना सँगै नेपालमा आयोजित महिला टी-२० आई त्रिकोणीय क्रिकेट श्रृखला २०२५ सम्पन्न भएको छ ।
प्रतियोगिताको टाइटल प्रायोजकको रूपमा यामाहा नेपालले श्रृखलाकी उत्कृष्ट नेपाली खेलाडीलाई उनको अविश्वसनीय योगदानको प्रशंसास्वरूप ब्रान्ड न्यू यामाहा रेजेडआर १२५एफआई हाइब्रिड प्रदान गर्दै नेपाली महिला क्रिकेटको उपलब्धिलाई सम्मान गरेको छ ।
फाइनल खेलपछि आयोजित समारोहमा एमएडब्ल्यू राइड्सकी मार्केटिङ प्रमुख सलिना शर्माले नेपाली क्रिकेट टोलीकी सदस्य पुजा महतोलाई शृंखलामा देखाएको प्रदर्शन, समर्पण र प्रतियोगितामा राखेको प्रभावको कदर गर्दै स्कुटरको साँचो हस्तान्तरण गर्नुभयो। यो पुरस्कार नेपाली खेलकुद, विशेष गरी देशमा महिला क्रिकेटको उदयको लागि यामाहाको निरन्तर समर्थनको प्रतीक हो ।
यो प्रतियोगिता नेपालमा महिला क्रिकेटको बढ्दो लोकप्रियताको प्रमाण हो भने यामाहा नेपालले असाधारण प्रतिभाको पहिचान गर्न र उनलाई पुरस्कृत गर्न पाउँदा सम्मानित अनुभव गरेको छ । यामाहा नेपाल यस यात्राको हिस्सा हुन पाउँदा गर्व गर्दछ र खेलाडीलाई सशक्त बनाउने, खेल भावना जगाउने र अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको उपस्थितिलाई उकास्ने हरेक प्लेटफर्मलाई समर्थन गर्न प्रतिबद्ध छ । यो प्रायोजन र कदरसँगै यामाहा नेपाल मैदान भित्र र बाहिर दुवैमा प्रदर्शन, जोश र दृढताप्रतिको आफ्नो समर्पणलाई सुदृढ पार्दै नेपालको खेलकुद क्षेत्रसँगको आफ्नो सम्बन्ध बलियो बनाउन क्रियाशील छ ।
श्रृंखलाकी सर्वश्रेष्ठ नेपाली खेलाडीलाई प्रस्तुत गरिएको यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड यसको उत्कृष्ट इन्धन दक्षता, हल्का तौलयुक्त डिजाइन, हाइब्रिड पावर असिस्ट टेक्नोलोजी र उन्नत सुविधाको लागि परिचित छ जसले यसलाई प्रतियोगिताभरि छाएका स्पीड, एजिलिटी र रेजिलियन्सलाई मूर्त रूप दिने च्याम्पियनको लागि एक उत्तम सवारी बनाउँछ ।
एमएडब्लू अन्तर्गतको यामाहा नवीनता, प्रदर्शन र विश्वसनीयताको लागि परिचित नेपालकै अग्रणी दुई पाङ्ग्रे ब्रान्ड हो ।
नेपाली बजारमा बलियो उपस्थिति भएको यामाहा खेलकुदलाई समर्थन गर्न, युवालाई सशक्त बनाउन र विश्वस्तरीय सवारी अनुभव प्रदान गर्न सधैं प्रतिबद्ध छ ।
प्रतिक्रिया